२ कार्तिक २०८३, सोमबार

चन्द्रनिगाहपुरका ठेला मजदुरलाई व्यापारीको राहत

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, ३० चैत । रौतहटको चन्द्रनिगाहपुरमा ठेला चलाउने मजदुरलाई स्थानीय व्यापारीले राहत उपलब्ध गराएका छन् ।

चन्द्रपनगाहपुरमा ठेला चलाएर जिवीका चलाउँदै आएका मजदुरले केही दिन देखी काम नपाएर भोकै बस्नु परेको अवस्थामा स्थानीय व्यापारीले चामल, दाल, चिनी लगायत आठ प्रकारका समाग्री राहत स्वरुप दिएको स्थानीय व्यापारी राजेन्द्र तिवारीले जानकारी दिएका छन् ।

चन्द्रनिगाहपुरमा ठेला चलाएर जिवीका चलाउँदै आएका ९ जना मजदुलाई स्थानीय व्यापारीले रकम संकलन गरेर राहत दिएको अर्का व्यापारी शिवजी कलवारले जानकारी दिएका छन् ।

कोरोनाको महामारीका बिच ठेला मजदुरको घरमा चुलो बल्छ छाडेपछि स्थानीय ९ जना व्यपारीले ९ जना ठेला मजदुरलाई राहत उपलब्ध गराएका हुन् ।

एकजना लाई चामल ३० किलो, दाल २ किलो, नुन १ प्याकेट, तेल १ प्याकेट, चिनी १ किलो, चियापत्ति १ प्याकेटका दरले प्रदान गरिएको हो ।

स्थानीय व्यापारी राजु तिवारी, मोहन बस्नेत, बिष्णु न्यौपाने, दिनेश पोखरेल, शिवजी कलवार, योग प्रसाद पन्त श्याम सिँहले २३ सय ९१ रुपैयाँका दरले पैसा संकलन गरेर राहत दिएका थिए ।