
काठमाडाैं, ३० चैत । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या अमेरिकामा विश्वकै उच्च भएको छ ।
शनिबारसम्म दोस्रो नम्बरमा रहेको अमेरिका इटालीलाई दोस्रो नम्बरमा झार्दै पहिलो नम्बरमा पुगेको हो । यो समाचार तयार पार्दासम्म अमेरिकामा मृत्यु हुनेको संख्या २० हजार ५ सय ७७ पुगेको छ ।
दोस्रो स्थानमा झरेको इटालीमा मृतकको संख्या १९ हजार ४ सय ६८ रहेको छ । अमेरिकामा एकैदिन २ हजारभन्दा धेरैले ज्यान गुमाएका हुन् ।
अमेरिकामा यस महामारीको केन्द्रविन्दु न्यू योर्क राज्य बनेको छ। अमेरिकामा अहिलेसम्म ५ लाख ३२ हजार ८ सय ७९ संक्रमित पुगेका छन् । शनिवारसम्म यस महामारीसँग जुझ्नका लागि सबै अमेरिकी राज्यले सङ्कटकाल घोषणा गरेका छन्।















प्रतिक्रिया