– इन्दु केसी
धनगढी, २६ फागुन । कैलालीको मसुरीया गाविस ६ मा रहेको सुनपाल सामुदायिक बनबाट एक थान भरुवा बन्दुक र मृत अवस्थामा जङ्गली बँदेल बरामद गरिएको छ ।
गएराति सामुदायिक बनमा सिकारीले बन्दुक पट्काएको आवाज सुनेपछि बनको गस्ती टोलीले बनमा गस्ती गर्ने क्रममा एक थान भरुवा बन्दुक र मृत अवस्थामा जङ्गली बदेल फेला पारेको थियो ।
बरामत गरेको बन्दुक ईलाका प्रहरी कार्यलय मसुरीयाको जिम्मा दिएको सुनपाल सामुदायिक वनका सचिव दिल बहादुर बहोराले बताउनुभयो ।
बनको गस्ती टोलीलाई देखेपछि सिकारी भागेको बताईएको छ । फरार रहेका सिकारीहरुको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय मसुरीयाले जनाएको छ ।
















प्रतिक्रिया