२ कार्तिक २०८३, सोमबार

करिब साढे ४ हजारको परीक्षण, वीर तथा टेकू अस्पतालमा पनि परीक्षण सुरु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ चैत । हालसम्म नेपालमा ४ हजार ४ सय २६ जनाको नमुना परीक्षण भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले गत २४ घण्टामा ८ सय ९७ थप नमुनाको परीक्षण भएको जनाएका छन् ।

उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३ हजार ३ सय ९२, गत २४ घण्टामा ६०९ जनाको नमुना परीक्षण भएको छ ।

काठमाडौँ उपत्यका बाहिर जम्मा ७ सय ४२ गत २४ घण्टा २ सय ८८ वटा थप परीक्षण भइसकेको उनले जानकारी दिएका छन् । यसरी प्रतिदिन ७ ८ सय नमुना परीक्षण भइरहेको छ । क्वारेन्टाइन आजको दिनमा ८ हजार ८२ जना रहेका छन् ।

त्यस्तै, काठमाडौँ उपत्यकामा १५ जनासहित देशभरमा ८२ जना आइसोलेसनमा रहेका छन् । आरडीटीको गत ३ दिनदेखि प्रयोग भइरहेको छ ।

समुदायमा संक्रमण छ छैन भन्ने थाहा पाउन यसको प्रयोग गरिएको प्रवक्ता देवकोटाले जनाए । लगभग सबै जिल्लामा आरडीटी पुगेको उनले जनाए । सुदूपश्चिममा सबै जिल्लामा यो परीक्षण हुन थालेको छ ।

गत २४ घण्टामा ३ हजार ४० जनालाई कल सेन्टरमार्फत सम्बोधन गरिएको छ । त्यसैगरी, वेवसाइट तथा मोबाइल एपमा इन्ट्री हुनेको संख्या गत ६ सय ६६ छ योसँगै कूल १४ हजार १ सय १६ जनाले इन्ट्री गरेका छन् । रेड जोनमा आज ५ जना रहेका छन् भने जम्मा १ सय ८९ जना कूल रेड जोनमा रहेका छन् ।

त्यस्तै, वीर अस्पतालबाट पनि कोरोना भाइरसको परीक्षण सुरु भइसकेको र टेकू अस्पतालमा भोलिदेखि परीक्षण सुरु गरिने प्रवक्ता देवकोटाले जनाएका छन् । योसँगै काठमाडौँ उपत्यकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासहित ३ वटा अस्पतालमा परीक्षण हुने भएको छ ।