१ कार्तिक २०८३, आइतबार

काेराेनाकाे संक्रमण राेक्न पन्जाबमा लकडाउन र कर्फ्युको समय बढाउने

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, २९ चैत । भारतको पन्जावमा लकडाउन र कर्फ्युको समय बढाउने निर्णय भएको छ ।

पन्जाब सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि भन्दै आउँदो मे १ अर्थातवैशाख १९ गतेसम्मका लागि लकडाउन र कर्फ्युको समय बढाउने निर्णय गरेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पन्जाबमा मात्रै कोरोना सङ्क्रमणका कारण १ सय ३२ जनामा कोरोना पुष्टि भएकोमा ११ जनाको ज्यान गएको छ ।

५ जना उपचारपछि निको भएका छन् । अहिलेसम्म २ सय ४९ जनाको ज्यान गएको र ७ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएको वल्डओमिटरले जनाएको छ ।