२ कार्तिक २०८३, सोमबार

सुमी फर्मास्युटिकलद्धारा १० हजार लिटर सेनिटाइजर सरकारलाई हस्तान्तरण

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ चैत । सुमी फर्मास्युटिकलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १० हजार लिटर सेनिटाइजर हस्तान्तरण गरेको छ ।

शुक्रबार मन्त्रालयमा कम्पनीका सुमीका प्रोपाइटार तथा सांसद कर्मा घलेले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई १० हजार लिटर सेनिटाइजर हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा मन्त्री ढकालले सेनिटाइजर संघीय सरकार मातहतका अस्पतालमा तीन हजार लिटर वितरण गरिने र सातै प्रदेशमा एक हजार लिटरका दरले वितरण गरिने जानकारी दिए । उनले सेनिटाइजर अभाव भइरहेको बेला उपलब्ध गराएर सरकारलाई सहयोग गरेकोमा सुमीलाई धन्यवाद दिए ।

कम्पनीका प्रोपाइटार समेत रहेका सांसद घलेले कोरोनाको महामारीबाट बच्नका लागि सरकारलाई सेनिटाइजर उपलव्ध गराएको बताए ।

औषधी व्यवस्था विभागबाट उत्पादन सुरु गर्ने अनुमति पाएपछि फर्मास्युटिकलले गत सोमबारबाट नवलपुरको कारखानाबाट सेनिटाइजर उत्पादन सुरु गरेका हो । सेनिटाइजर करिव एक करोड रुपैयाँ बराबरको रहेको छ ।