
काठमाडौँ, २८ चैत । डेरामा बसिरहेका विद्यार्थीहरूलाई कीर्तिपुर नगरपालिकाले राहत दिने भएको छ ।
नगरपालिकाले शुक्रबार सूचना जारी गर्दै डेरामा बस्ने तथा खाद्यान्नको समस्या भएका विद्यार्थीहरूलाई राहतका लागि फारम भर्न आग्रह गरेको हो ।
घर जान नपाएका र खाद्यान्न समस्या भएका विद्यार्थीहरुलाई राहत वितरण गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
विद्यार्थीहरूले नगरपालिकाकाे kirtipurmun.gov.np मा गएर फर्म भर्नुपर्नेछ ।
विद्यार्थीहरूले आफ्नो परिचयपत्र र नागरिकताको फोटोकपी अनिवार्य बुझाउनुपर्ने छ ।















प्रतिक्रिया