
काठमाडौँ, २८ चैत । सर्वाेच्च अदालतले २०७७ वैशाख ६ गतेसम्मका लागि देशका सबै अदालत बन्द गर्ने निर्णय गरेको छ ।
सरकारले लकडाउनको अवधि थप गरेसँगै सर्वाेच्चले एक विज्ञप्ति जारी गर्दै देशभरका सम्पूर्ण अदालतहरु वैशाख ६ गतेसम्म बन्द बन्द रहन जानकारी गराएको हो ।
यसअघिका चैत १८ गतेसम्मको लकडाउनको निर्णय गर्दा अदालत चैत २१ गतेसम्मका लागि बन्द गरिएको थियो । केही आन्तरिक व्यवस्थापन गर्नुपर्ने भन्दै लकडाउन खुलेको ३ दिनपछि अदालतको काम कारवाही हुनेगरी वैशाख ६ गतेसम्म सबै अदालत बन्द रहने सर्वाेच्चको पूर्ण बैठकले निर्णय गरेको हो ।
यदि सरकारले लकडाउनको अवधि बढाए त्यसैअनुरुपले अदालत बन्द रहने विज्ञप्तिमा उल्लेख छ ।
अदालतले यसअघि अभियोग पत्र दर्ता, बयान, थुनछेक आदेश र म्याद थपको कार्य स्थगन र बन्द गराएकामा आजबाट भने ती कामलाई निरन्तरता दिने जनाएको छ ।
लकडाउनको समय बढ्दै जाँदा हिरासतमा रहेका व्यक्तिहरुको वैयक्तिक स्वतन्त्रता र सुरक्षित जीवनको हक हनन हुनसक्ने भन्दै आजैबाट म्याद थप गर्ने, अभियोग पत्र दर्ता गर्ने, पक्राउ परेका व्यक्तिहरको बयान लिने र थुनछेक बहस गर्ने कार्य सुरु गरिएको सर्वोच्चले जनाएको छ ।
यस्ताे छ विज्ञप्ति:


















प्रतिक्रिया