१ कार्तिक २०८३, आइतबार

काेराेनाकाे औषधि पत्ता लगाएकाे अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयाेर्क, २८ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले कोरोना भाइरस संक्रमणविरुद्ध प्रभावकारी औषधि पत्ता लगाएको दाबी गरेका छन् । कोरोना टास्क फोर्सको नियमित पत्रकार सम्मेलनमा बिहीबार ट्रम्पले यो दाबी गरेका हुन् ।

औषधि उत्पादक कम्पनी फाइजरले कोरोना भाइरसबाट संक्रमित व्यक्तिको उपचारमा प्रभावकारी हुने औषधि पत्ता लगाएको ट्रम्पको दाबी छ ।

उनले यो औषधि कोरोना भाइरसको संक्रमण पुनः फैलिन नदिन अति उपयुक्त तथा प्रभावकारी हुने बताएका छन् । यसको परीक्षण चाँडै सुरु हुने पनि उनले जानकारी दिएका छन् ।

कारोना भाइरसविरुद्ध औषधि तथा खोप पत्ता लगाउन विश्वभरका वैज्ञानिक प्रयासरत रहेपनि अहिलेसम्म यसको खास औषधि पत्ता लाग्न सकेको छैन ।