मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

काठमाडौं बाहिर जान दिने निर्णय भएको छैन : सरकार

दैनिक नेपाल २०७६ चैत २७ गते १५:४२

काठमाडौँ, २७ चैत । सरकारले भाेलि र पर्सि (चैत २८ र २९) गते उपत्यका बाहिर जानदिने विषयमा आधिकारिक निर्णय भइनसकेकाे जनाएको छ ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री तथा काेराेना नियन्त्रण तथा राेकथाम उच्चस्तरीय समितिका संयाेजक इश्वर पाेखरेलले यसबारे निर्णय नै नभएको जानकारी गराएका हुन् ।

 उपप्रधानमन्त्री पोखरेलको भनाइ यस्तो छ:

भोली र पर्सी ( २८-२९ चैत्र, २०७६) काठमाण्डौं प्रवेश गर्न नपाइने तर काठमाण्डौंबाट बाहिर जान भने खुला गर्ने निर्णय गरिएको‘ भन्ने समाचार सार्वजनिक संचार माध्यमहरू खासगरी सामाजिक संजालहरूमा आइरहेको सन्दर्भमा‘ नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति ‘ को गंभीर ध्यानाकर्षण भएकोछ ।

यस किसिमको कुनै निर्णय नभएको, कोभिड-१९ को संक्रमणबाट राष्ट्रलाई बचाउनुपर्ने आवश्यकतालाई गंभीरताका साथ महसूस गरी ‘वन्दावन्दी’ ( लक डाउन ) लाई जारी राखिएको, सम्माननीय प्रधानमन्त्री ज्यूले देशवासीहरूका नाममा हालै गर्नुभएको संवोधनमा समेत यसको आवश्यकतालाई गंभीर रूपमा उठाइएको कुरा हामी सबैले सुनेका बुझेका छौं ।

यो कामलाई सरकारले मात्र नभएर आम नेपाली नागरिकहरूको पनि त्यत्तिकै महत्वका साथ लिनुपर्ने आवश्यकता छ । यस्तो गंभीर परिस्थितिमा त्यस किसिमको निर्णय कसरी हुनसक्छ ? जेसुकै कारणले भए पनि सार्वजनिक गरिएको उक्त समाचारमा सत्यता नभएको जानकारी गराउँदछु ।

प्रतिक्रिया
सम्बन्धित