४ कार्तिक २०८३, बुधबार

बलिउड फिल्म निर्मातालाई काेराेना भाइरसकाे संक्रमण

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउडका फिल्म निर्माता करीम मोरानीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

उनकी जेठी र कान्छी दुवै छोरीलाई कोरोना भाइरसको संक्रमण देखिएलगत्तै उनीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको हो । उनीहरूलाई सोमबार गरिएको परीक्षण रिपोर्टमा कोरोना भाइरस पोजिटिभ देखाएको भारतीय सञ्‍चार माध‍यमले उल्लेख गरेका छन् ।

जोयालाई कोरोना पोजिटिभ देखिएपछि कोकिलाबेन धीरुभाइ अस्पिटलमा भर्ना गरिएको छ । उनी मार्चको बीचमा राजस्थानबाट फर्किएकी थिइन् ।

कान्छी छोरी पनि कोरोना पोजिटिभ देखिएपछि आइतबारदेखि अस्पताल भर्ना गरिएको छ । कोभिड १९ को पोजिटिभ रिपोर्टपछि उनलाई मुम्बइको नानावती अस्पतालमा भर्ना गरिएकाे छ ।

उनी लकडाउन घोषणा हुनुअघि अस्ट्रेलियाबाट फर्किएकी थिइन् । सुरुवातमा उनलाई कुनै पनि लक्षण देखिएको थिएन ।

छोरीहरूमा कोरोना पोजिटिभ देखिएपछि उनका परिवारका सदस्‍य र घरमा काम गर्ने सबैको जाँच गरिएको छ । उनीहरूलाई सबैलाई क्वारेन्टाइनमा राखिएको छ ।