३ कार्तिक २०८३, मंगलबार

खानीडाँडा विमानस्थल कालोपत्रको काम तीव्र गतिमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KHasnidanda1खोटाङ, २६ फागुन । जिल्लावासीलाई सबैभन्दा पायक पर्ने स्थानमा निर्माण गरिएको खोटाङको खानीडाँडा विमानस्थल कालोपत्रको काम तीव्र पारिएको छ ।

सदरमुकाम दिक्तेलबाट सबैभन्दा नजिक पर्ने मनमायाँ राई खानीडाँडा विमानस्थलमा अहिले बेस निर्माणको काम भइरहेको फिल्ड सुपरभाइजर सानु बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार ६०० मिटरमा ४०० मिटरको काम सम्पन्न भइसकेको छ ।

चन्दा सङ्कलन गरेर निर्माण सुरु गरिएको खानीडाँडा विमानस्थलमा नागरिक उड्डयन प्राधिकरणको रु छ करोड ८० लाखको लागतमा कालोपत्रको काम सुरु गरिएको हो ।

बर्खायाममा उडान बन्द हुँदै आएको विमानस्थल कालोपत्रका लागि शेर्पा कन्सट्रक्सन प्रालि काठमाडौँले जिम्मा लिएको छ ।

धावनमार्ग कालोपत्रको काम आगामी असारसम्म सकिने नागरिक उड्डयन प्राधिकरणका सुपरभाइजर बालकृष्ण बोहोराले जानकारी दिनुभयो ।

खानीडाँडाबाट करिब चार किलोमिटर दूरीमा रहेको खाल्लेबाट ढुङ्गा ल्याएर गिट्टी बनाउनुपर्ने भएकाले काममा केही ढिलाइ भएको बोहोराको भनाइ छ ।
विमानस्थल कालोपत्रको काम सुरु भएसँगै खानीडाँडा विमानस्थलमा आगामी जेठसम्मका लागि उडान बन्द गरिएको छ ।

उडान बन्द भएपछि जिल्लावासीमा पर्न जाने समस्यालाई मध्यनजर गर्दै तत्काल काम सक्न ठेकेदारलाई निर्देशन दिइसकेको प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताउनुभयो ।