२ कार्तिक २०८३, सोमबार

सेनाकाे रगतले सुत्केरीको ज्यान जोगियाे

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, २६ चैत । नेपाली सेनाका एक जवानले बुधबार बिहान गरेको रक्तदानले बैतडीका एक सुत्केरीको ज्यान जोगिएको छ ।

शल्यक्रिया गरेर सुत्केरी भएकी बैतडीको दोगडाकेदार गाउँपालिका ५, न्वालीकी २८ वर्षीया राजु भुलको सेनाले दिएको रगतले ज्यान जोगिएको जिल्ला अस्पताल बैतडीका डा. वसन्तराज जोशीले जानकारी दिनुभयो ।

जिल्ला अस्पतालमा चैत २४ गते शल्यक्रियामार्फत बच्चा जन्माएकी राजुको अत्यधिक रक्तश्राव भएपछि ज्यान जोखिममा परेको थियो ।

सुत्केरी महिला रगत अभावमा छट्पटिरहेकी अवस्थामा बुधबार बैतडीस्थित हनुमानध्वज गुल्मका जवान विवेक नेपालीले रक्तदान गर्नुभएको हो ।

सेनाका जवान नेपालीले १ पोका अर्थात् ४०० मिलिलिटर रगत दिएको डा. जोशीले बताउनुभयो ।

“चैत २४ गते शल्यक्रियामार्फत बच्चा जन्माएकी राजुको शरीरमा मंगलबार राति रगतको कमी भई बेहोस भएपछि सेनालाई गुहारेका थियौं,” डा. जोशीले भने, “सेनाले दिएको रगत सुत्केरीको ज्यान जोगाउन सफल भयौँ ।”

अहिले आमाको स्वास्थ्य अवस्था सुधार हुँदै गएको र शिशुको अवस्था पनि सामान्य रहेको अस्पतालले जनाएको छ ।

बैतडीको रक्तसञ्चार केन्द्र (ब्लड बैंक) मा रगतको आवश्यकता पर्दा सेना र प्रहरीकै भर पर्नुपर्ने बाध्यता छ । –रासस