मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

न त स्वास्थ्य सामग्री खरिद सम्झौता न त रद्व मलाई कुनै जानकारी गराइएन : प्रधानमन्त्री ओली

दैनिक नेपाल २०७६ चैत २६ गते १०:४१

काठमाडौं, २६ चैत । कोरोना भाइरसविरुद्वको स्वास्थ्य सामग्री खरिदमा प्रधानमन्त्री ओलीलाई थाहै नदिई सम्झौता गरेको पाइएको छ ।

मंगलबार बसेको पार्टी सचिवालय बैठकमा ओलीले यसका बारेमा आफूलाई कसैले जानकारी नगराएको बताएका हुन् । स्वास्थ्य विभागले गरेको खरिद सम्झौता देखि रद्वसम्म आफूलाई कुनै जानकारी नगराइएको बताएका हुन् ।

स्वास्थ्य सेवा विभागले ओम्‍नी समूहसँग स्वास्थ्य सामग्री खरिद गरेको थियो। स्वास्थ्य सामग्री खरिद मूल्यमा विवाद देखिएपछि अचानक ठेक्का रद्द भएको थियो।

स्वास्थ्य सेवा विभागका महानिर्देकले यो विषयमा निर्णय गर्न सक्ने अधिकार भएकाले महानिर्देशकले नै यस विषयमा निर्णय गरेकाले आफूलाई केहि थाहा नभएको बताएका हुन् ।

बैठकमा नेताहरुले सामग्री खरिदसम्बन्धी विवादास्पद सम्झौताबारे स्पष्ट गर्न माग गरेका थिए। उनका अनुसार प्रधानमन्त्रीले मन्त्री र सचिवसमेत यसबारे जानकार नरहेको र विशुद्ध महानिर्देशक आफैंले निर्णय लिएको बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित