८ मंसिर २०८३, मंगलबार

१५.३९ अंकले बढ्यो नेप्से, साढे पाँच अर्बको कारोबार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार बढेर बन्द भएको छ । सोमबार सामान्य अंक बढेको नेप्सेले पनि सोही क्रमलाई निरन्तरता दिएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंक बढेर २६३८.९५ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स ३.८६ अंक, फ्लोट इण्डेक्स १.२५ र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५३ अंक बढेको छ ।

१३ मध्ये ११ उपसमूहको परिसूचक बढेको छ । बैंकिङ १.२४ प्रतिशत, विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशत बढेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । सोमबार तीन अर्ब ८२ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएकोमा आज पाँच अर्ब ५५ करोड ३० लाख १९ हजार रुपैयाँबराबरको एक करोड ४६ लाख ७० हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

आज सोल्टी होटल कम्पनीको ३२ करोड १७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको करिब ३१ करोड रुपैयाँ र लक्ष्मी सनराइज बैंकको करिब २३ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

आज एभरेष्ट कलरको सेयरमूल्य सर्वाधिक ५.०५ प्रतिशत बढेको छ । अन्य स्टकहरुको मूल्य वृद्धिदर भने साढे ३ प्रतिशतभन्दा कम रहेको छ ।