बुधबार, १९ वैशाख २०८१
DainikNepal.com
बुधबार, १९ वैशाख २०८१

कालाेबजारी गर्ने व्यापारी अग्रवालले गरे अस्वस्थ्य भएकाे नाटक, रातभरि दरबारमार्गकाे खाेरमा

दैनिक नेपाल २०७६ चैत २६ गते ९:२०

काठमाडौं, २६ चैत । कोरोना भाइरसको महामारी फैलिएका वेला स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई महानगरीय प्रहरी वृत्त, दरबारमार्गको हिरासतमा राखिएको छ ।

नियमित स्वास्थय परीक्षणका लागि वीर हस्पिटल लगेपछि उनलाई दरबारमार्ग प्रहरीको हिरासतमा राखिएको हो ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका डीएसपी होविन्द्र बोगटीले टेकुको हिरासतमा धेरै मानिसहरू भएकाले दरबारमार्गमा राखेकाे जानकारी दिएका छन् ।

अग्रवालले अस्वस्थ महसुस गरेको बताए पनि स्वास्थ्य परीक्षणमा सबै रिपोर्ट सामान्य आएको थियो । त्यसपछि उनलाई दरबारमार्ग प्रहरीको हिरासतमा लिइएको थियो ।

अग्रवालविरुद्ध कालोबजारी ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ ।

प्रतिक्रिया
सम्बन्धित