
काठमाडौँ, २५ चैत । ९ जना पाकिस्तानी धर्म प्रचारकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । धर्म प्रचारमा आएका उनीहरुलाई रौतहटको एक मस्जीदभित्रै क्वारेन्टाइनमा राखिएको छ ।
रौतहटको देवाही गोनाही नगरपालिका–२ को करुनियामा रहेको मस्जिदभित्रै पाकिस्तानी टोलीलाई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जानकारी दिएको छ ।
नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखिनेमा पाकिस्तानी नागरिकहरु महम्मद यसुफ खान, जैनुल्लाह, सम्सुल्लाह खान, महम्द फवाद, रइश खान, गुरफानदिन, असगर खान, गुलाम रसुल र हलिमुल्लाहलाई रहेका छन् ।
जिल्ला प्रशासनका अनुसार उनीहरु नेपालमा लकडाउन सुरु हुनु अघि नै आएका थिए ।
यमुनामाई गाउँपालिका वडानम्बर १ मा रहेको मुख्तम मस्जीद इदगाहमा चैत ४ गतेदेखि तीन दिनसम्म बसेर उनीहरु ७ गते करुनिया गएका थिए । लकडाउन पछि उनीहरु सोही मस्जीदमा छन् ।















प्रतिक्रिया