२ कार्तिक २०८३, सोमबार

सरकारलाई हरसम्भव सघाउने कांग्रेसको निर्णय

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ चैत । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको पदाधिकारी बैठकले संकटबाट नेपाल र नेपालीलाई जोगाउन सरकारलाई हरसम्भव सघाउने निर्णय गरेको छ ।

मंगलबार बसेको पदाधिकारी बैठकले कोरोनाको फैलावट दोस्रो चरणमा गएको भन्दै परीक्षणको दायरा फराकिलो बनाउन सरकारलाई अपील गरेको कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले जनाएका छन् ।

कोरोना नियन्त्रण खटिरहेका स्वास्थ्यकर्मीहरुलाई सम्मान गर्दै पीपीई लगायतका सामाग्रीको पर्याप्त व्यवस्था गर्न पनि कांग्रेसले आग्रह गरेको छ ।

त्यसैगरी, बैठकले अनवरत खटिरहेका सुरक्षाकर्मी एवं संचारकर्मीहरुलाई संक्रमणको जोखिमबाट सुरक्षित राख्ने अत्यावश्यक प्रबन्ध मिलाउनपनि सरकारलाई माग गरेको छ । बैठकले लकडाउनमा संयमित हुँदै त्यसको पालना गर्न सबै नेपालीमा अपील पनि गरेको छ ।

बैठकले स्वास्थ्य सामाग्री खरिदबारे छानबिन गरेर सत्य तथ्य पत्ता लगाई दोषी भेटिए कारवाही गर्न समेत आग्रह गरेको छ ।

सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई त्यतै उचित क्वारेन्टाइनको व्यवस्था गर्न पनि कांग्रेसले माग गरेको प्रवक्ता शर्माले बताए ।

त्यस्तै, ज्यालादारी, विपन्नहरुका लागि विशेष व्यवस्था गर्न पनि पार्टीले सरकार समक्ष अपील गरेको छ ।