मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

वैशाख १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान स्थगित

दैनिक नेपाल २०७६ चैत २५ गते १७:१७

काठमाडौँ, २५ चैत । अन्तर्राष्ट्रिय हवाई उडान वैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द हुने भएको छ । सरकारले कोरोनाको महामारीको स्थितिलाई मध्यनजर गर्दै सो निर्णय गरेको हो । यसअघि वैशाख ३ गतेसम्मा मात्रै अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने निर्णय गरेको थियो ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले १५ दिन समय थप गरी वैशाख १८ गते सम्म अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने निर्णय गरेको हो । आन्तरिक उडानलाई के गर्ने भन्नबारे केही निर्णय नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

बैठकले कोरोना संक्रमणको उच्च जोखिमका जिल्लाहरु कैलाली, कञ्चनपुर बाग्लुङ्मा ¥यापिड किट मार्फत परीक्षण बढाउने निर्णय गरेको छ ।

त्यसबाट पोजेटिभ देखिए पिसिआर मेसिनबाट परीक्षण गर्ने भएको छ । त्यस्तै, डोटी, अछाम, जुम्लामा पनि सघन परीक्षण गर्ने बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित