२ कार्तिक २०८३, सोमबार

देशभर १०० जना आइसोलेसनमा, ९ हजार २ सय २८ क्वारेन्टाइनमा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ चैत । नेपालको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालसम्म १ हजार ७ सय ९६ जनाको कोरोना भाइरस परीक्षण भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौँबाहेकका ९ वटा ठाउँहरुमा हिजैदेखि कोरोना परीक्षण भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाएका छन् ।

त्यस्तै, कैलाली र कञ्चनपुरमा परीक्षणको दायरा बढाउने क्रममा र्यापीड डाइग्नोस्टि टेस्ट कीट र स्वाबको नमुना परीक्षण दुवै गरिरहेको उनले बताए । हालसम्म कञ्चनपुरमा २१ वटा र कैलालीमा १८ वटा नमुना संकलन भएको छ ।

हरेक जिल्लाको ४ वटा ठाउँमा रहेका क्वारेन्टाइनबाट जम्मा ४ सय ५० वटा नमुना संकलन गर्ने लक्ष्य रहेको देवकोटाले जनाए । त्यस्तै जुम्ला र अछाममा पनि स्वाबको नमुना संकलन भइरहेको उनले जानकारी दिए ।

काठमाडौँ उपत्यकामा १६ जनासहित देशभर १०० जना आइसोलेसनमा रहेका छन् । त्यस्तै, देशभर ९ हजार २ सय २८ जना क्वारेन्टाइनमा रहेका छन् ।

त्यस्तै, संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिंग विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार ९० प्रतिशत सम्पन्न भएको छ । कल सेन्टर १११५ र ११३३ जसमा ३ हजार ५ सय ५ वटा जिज्ञासा सम्बोधन गरिएको देवकोटाले जनाए ।

त्यस्तै, मन्त्रालयको वेवसाइट र मोबाइल एप्समा गत १ हजार ८ सय ५१ सहित आजसम्म ११ हजार २ सय ३९ जनाले आफ्नो अवस्था टिपाएको उनले जनाए ।

यसमा यही २४ घण्टामा २४ जनासहित १ सय ७२ जना रेड जोनमा परेको र उनीहरुसँग नियमित सम्पर्कमा रहेको प्रवक्त देवकोटाले जानकारी दिए ।

विरेन्द्र सैनिक अस्पतालको संयुक्त मेडिकल टोलीले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका विभिन्न २६ जना स्वास्थ्यकर्मीहरुलाई कोभिड १९ व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ ।

काठमाडौँमै ३५ जना व्यक्तिको थप नमुना संकलन भएको प्रवक्ता देवकोटाले जनाएका छन् । त्यस्तै, सबै संक्रमितहरुको स्वास्थ्य स्थिति सामान्य रहेको उनले जनाए ।

स्वास्थ्य सेवा दिवसको उपलक्ष्यमा स्वास्थ्य मन्त्रालयद्धारा जारी विज्ञप्तिमा ‘नर्स र मिड वाइफहरुलाई सहयोग गरौँ’ भन्ने नाराका साथ कोभिड १९ को नियन्त्रणमा सहयोग गर्नै स्वास्थ्यकर्मी मनोबल बढाउने, सञ्चारकर्मी लगायतको भूमिकाको चर्चा गर्दै यी सबैको व्यवस्थापनमा पूर्ण प्रतिवद्धता व्यक्त गरिएको प्रवक्ता देवकोटाले जनाएका छन् ।