काठमाडौं, २५ चैत । कोरोना भाईरस संक्रमण नियन्त्रण र देशको पछिल्लो अवस्थाबारे छलफल गर्न सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्ने भएको छ ।
अपरान्ह ४ बजे बस्ने बैठकमा चीनबाट मेडिकल सामान खरिदमा अनियमितता भएको र सामग्री किन्ने जिम्मा सेनालाई दिने निर्णयमाथि विवादमाथि छलफल हुनेछ ।
सचिवालय बैठक बोलाउन अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीमाथि दबाब परेको थियो । सरकारले गरेका निर्णयले पार्टी संगठनलाई क्षति पुग्ने अवस्था आएको भन्दै सचिवालयकै नेताहरुले बैठक बोलाउन माग गरेका थिए ।
पछिल्लोपटक चैत ५ मा बैठक बसे पनि त्यसयता नेकपाको सचिवालय बैठक बसेको छैन्। पार्टीका बरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका सचिवालय सदस्यहरुले सार्वजनिक रुपमै सचिवालय बैठक बोलाउन माग गरेका थिए ।











प्रतिक्रिया