
कपिलवस्तु, २५ चैत । ज्वरो आएर अस्पताल पुगेकी एक महिलाको अस्पतालले उपचार गर्न नमान्दा मृत्यु भएको छ ।
कपिलवस्तु यशोधरा गाउँपालिका–६ निवासी कलामुन निशाको अस्पतालले उपचार गर्न नमान्दा मृत्यु भएको हो । आइतबार राती ज्वरोले च्यापेपछि उनलाई कपिलवस्तु अस्पताल तौलिहवा लगिएको थियो ।
अस्पतालले भर्ना गर्न नमानेपछि विरामीका आफन्तले उनलाई भैरहवा पुर्याएको बताएका छन् ।
भैरहवा मेडिकल कलेजले पनि भर्ना नलिए पछि पुनः कपिलवस्तु अस्पताल ल्याइएकोमा चिकित्सकले सोमबार मृत घोषणा गरेको थिए ।











प्रतिक्रिया