काठमाडाैं, २५ चैत । खाडीका देश र मलेसियामा काेराेना सङ्क्रमित नेपाली श्रमिककाे सङ्ख्या २९ पुगेकाे छ ।
बहराइनमा १२, यूएईमा ११, साउदीमा ४, कुवेतमा १ र मलेसियामा १ जना गरी जम्मा २९ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण भएकाे पाइएकाे छ ।
यूएईमा भने दुई जना निको पनि भइसकेका छन् । ९ जनाको अस्पतालमा उपचार भइरहेको छ ।
खाडी देशमा सङ्क्रमण बढ्न थालेपछि त्यहाँकाे सरकारले पनि सुरक्षा सतर्कता बढाएको छ ।
कोरोना भाइरसका कारण उत्पन्न परिस्थितीले कतारमा कार्यरत श्रमिकलाई कुनै समस्या परे सम्पर्क गर्न कतारले ९२७२७ नम्बरको हटलाइन व्यवस्था गरेकाे छ ।











प्रतिक्रिया