२ कार्तिक २०८३, सोमबार

देशभरका यी १० स्थानबाट कोरोना परीक्षण गरिँदै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ चैत । सरकारले काठमाडौँसहित देशभरका विभिन्न १० ठाउँबाट कोरोना भाइरस (कोभिड—१९) को नमुना परीक्षण सुरु गरेको छ ।

काठमाडौँ, धरान, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत, धनगढी, धुलिखेल, भरतपुर र भैरहवामा नमूना परीक्षण सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाएका छन् ।

सोमबार नियमित पत्रकार सम्मेलनमार्फत उनले हालसम्म राष्ट्रिय जनस्वास्थ्य १ हजार ६ सय ९७ जनाको कोरोना परीक्षण गरिसकिएको जनाए ।

त्यस्तै, उनले हाल देशभरी १ सय ७ जना आइसोलेसनमा रहेका र ९ हजार १ सय ६८ जना क्वारेन्टाइनमा रहेको जानकारी दिए ।

प्रवक्ता देवकोटाले राष्ट्रिय एम्बुलेन्स सेवा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र काठमाडौँ महानगरपालिकाबीच १० वटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने विषयमा सम्झौता समेत भएको छ ।

राष्ट्रिय एम्बुलेन्स सेवाका ५, मन्त्रालयका ४ र महानगरका १ सहित १० वटा एम्बुलेन्स तयारी अवस्थामा रहनेछन् ।