८ मंसिर २०८३, मंगलबार

महिलाको गोली हानी हत्या

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोटी, २४ चैत । डोटीको जोरायल गाउँपालिका वडा नम्बर ४ देउथलामा एक महिलालाई गोली हानेर हत्या गरिएको छ । आइतबार बेलुकी करिब ६ बजेतिर नङनी टोलकी २० वर्षीया अनिता वनको गोली हानेर हत्या गरिएको प्रहरीले जनाएको छ ।

अनिताका २२ वर्षीय श्रीमान् खडक वनले गोली हानी हत्या गरेको आशङ्का गरिएको छ । मृतक अनिता र उनका श्रीमान् मात्रै घरमा भएको बेला घटना भएको र उनका श्रीमानले आफूले गोली नहानेको बताएको इलाका प्रहरी कार्यालय जोरायलका इन्चार्ज सई महेन्द्र थापाले बताए । मृतक अनिताको छातीको बिच भागमा गोली लागेको प्रहरीले जनाएको छ ।

घरमा श्रीमान् श्रीमती मात्र भएको समयमा घटना हुँदा श्रीमानले हत्या गरेको हुन सक्ने आशङ्का गरिएको हो। वनको घरमा राखिएको भरुवा बन्दुक अवैध रहेको समेत प्रहरीले जनाएको छ ।