भैरहवा, २५ फागुन । तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स) भैरहवाले आज भैरहवाको बुद्धचोकमा दिप प्रज्वलन गरेको छ ।
बारा कलैया ८ कि ७ वर्षीय बालिका पुजा शाहको बलत्कारपछि निधन भएपछि मानवअधिकार क्षेत्रमा कार्य गर्दै आइरहेको थर्ड एलायन्सले भैरहवाका साथसाथै मुलुकको विभिन्न जिल्लामा बालिकाको शोकमा दिप प्रज्वलन गरेको हो ।
बालत्कारबाट घाइते भएकी कलैयाकी ७ वर्षीय बालिका पुजा शाहको आइतबार निधन भएको थियो । उपचारको क्रममा कान्ति बाल अस्पताल काठमाण्डौँमा उनको मृत्यु भएको थियो ।
थर्ड एलायन्सद्धारा आयोजित कार्यक्रममा थर्ड एलायन्सका पश्चिमाञ्चल प्रमुख शैलन्द्र हरिजनले घटनाको अन्य दोषीहरुलाई तत्काल पक्राउ गरी कानुनको दायरामा ल्याएर कडा भन्दा कडा कार्यवाही गर्नुका साथै पिडितलाई क्षतिपुर्ति उपलब्ध गराउन माग गरेका छन् ।
उनले घटना घटेको अहिले सम्म पनि नेपाल प्रहरीले अन्य दोषीहरुलाई पक्राउ गर्न नसक्नुमा प्रहरीको असक्षमता देखिएको बताए । यस्ता अपराधीहरुको लागि कानुन सन्सोधन गरी जन्मकैद सजाय गरिनुपर्ने र जन्मकैदको अवधि थप बढाउनु पर्ने उनको भनाई छ ।
परिवारको आर्थिक अवस्था कमजोर रहेको कारण बालिकाको उपचार बाहिरी मुलुकमा गर्नुपर्ने अवस्था देखिएपनि नेपाल सरकारले सहयोग नगरेको कारण बालिकाको मृत्यु भएको थर्ड एलायन्सका पश्चिमाञ्चल प्रमुख हरिजनको दावी छ ।
मुलुक भित्र कुनै पनि नागरिकको उपचार विना मत्यु हुन्छ भने सरकार पुर्ण दोषी हुने भएको कारण मानवअधिकार घोर उल्लंघन भएको उनको ठहर छ ।
दिप प्रज्वलन कार्यक्रममा पुर्व सभासद विनोद उपाध्यय, महिला विकास कार्यलय रुपन्देहीकी प्रमुख उषा रावल, जिल्ला बाल कल्याण रुपन्देहीकी अधिकृत राज्यलक्षमी गुप्ता, वकालत मंच रुपन्देहीका अध्यक्ष शिव प्रसाद गौडेल, मधेश मानव अधिकार गृहका अधिकृत रामविकास चौधरी लगायतको उपस्थित रहेको थियो ।
















प्रतिक्रिया