
दुल्लू, २३ चैत । दैलेखको दुल्लू नगरपालिका वडा नं घ का वडाअध्यक्ष कलम बहादुर खनालले वादी समुदायका परिवारलाई व्यक्तिगत रूपमा राहत उपलब्ध गराएका छन् । कोरोनाको कारण देश पूर्णरूपमा लकडाउन भएपछि खाद्यान्नको अभावमा उक्त समुदायमा भोकमरी चलेको छ ।
नेपाल सरकारले कुनैपनि राहत उपलब्ध नगराएको र उक्त परिवारहरू संकटमा परेकाले आफुले टुलुटुलु हेर्न नसकेको अध्यक्षले जनाएका छन् ।
माटोबाट बनाईने सुल्पा बिक्री गर्ने र नाचगान गर्दै अन्नबाली उठाएर गुजारा गर्ने यी परिवारहरूको पेशा पछिल्लोपटक संकटमा छ ।
पुरूषहरू भारतबाट काम गरेर पैसा कमाऊदै गुजारा गरिरहेको भए पनि लकडाउनले गर्दा उनिहरुको समेत कमाई छैन ।
नेपाल सरकारका तर्फबाट राहत केहिपनी उपलब्ध नभएपछि वडाध्यक्ष खनालले प्रति परिबार पचास किलोका एक एक बोराका दरले चामल उपलब्ध गराएका छन् ।
शिक्षकबाट राजनितिमा प्रवेश गरेका खनालले जनप्रतिनिधीका रूपमा उल्लेखनिय कामहरू गर्दै आएका छन् ।
वडामा बनेको अस्पतालका लागी जग्गा खरिद गर्दा एकलाख रूपैया सहयोग गरेका खनालले विभिन्न स्थानिय सडक निर्माणमा समेत आफ्नै पाकेटबाट योगदान गर्ने गरेका छन् ।
पछिल्लो समय सरकारमा रहेका मन्त्रीदेखि स्थानीय जनप्रतिनिधिसम्म कमिशन र अर्थोपार्जनमा संलग्न रहेको आरोपहरू छलाछुल्ल मिडियामा छाईरहेको अवस्थामा स्थानीय जनप्रतिनिधिको यो कामलाई सबै तिरबाट प्रशंसा गरिएको छ ।















प्रतिक्रिया