२ कार्तिक २०८३, सोमबार

४ जना कोरोना संक्रमित भेटिएपछि सुदूरपश्चिमका मुख्यमन्त्रीको यस्तो सम्बोधन

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ चैत । सुदूरपश्चिममा ४ जनामा कारोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले विशेष सम्बोधन गरेका छन् ।

आइतबार सम्बोधनमा उनले उनले सेती प्रादेशिक अस्पताललाई कोभिड १९ को उपचार गर्न विशेष अस्पतालका रुपमा घोषणा गरेको बताए ।

सम्बोधनमा उनले सामूहिक प्रयासले मात्रै कोरोना भाइरसविरुद्धको लडाइँ जितिने भन्दै सम्पूर्ण प्रदेशबासीमा घरभित्रै रहेर लकडाउनको पूर्ण पालना गर्न पनि आह्वान गरे ।

त्यस्तै, भर्खरै भारतबाट आएकालाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्न पनि उनले सचेत गराए ।

लकडाउनको समयमा समस्यामा परेको विपन्न, मजदुरलाई प्रदेश सरकारले राहत वितरण गर्ने पनि मुख्यमन्त्री भट्ट भनाइ थयाे ।

उनले भारतको सीमा नाकाबाट नेपाल प्रवेश गर्न नपाएका नेपाली र नेपालबाट भारत प्रवेश गर्न नपाएका भारतीयलाई नाकामा नै दुई देशका प्रतिनिधिहरुबीच समन्वय गरी क्वारेन्टाइनको व्यवस्था गरिएको जानकारी गराए ।

सुदूपश्चिमको सेती प्रादेशिक अस्पतालमा कोरोना परीक्षणका लागि ल्याब स्थापना भइसकेको र डोटी र बैतडीमा थप २ वटा परीक्षण केन्द्र बनाउन संघीय सरकारसँग पहल गरेको मुख्यमन्त्री भट्टले जानकारी दिए ।

त्यस्तै, उनले कोरोना भाइरस संक्रमितको उपचार तथा रोकथामका लागि प्रदेशले ४० करोड रुपैयाँको कोष स्थापना गरेको पनि बताए ।

साथै, प्रदेश सरकारले क्वारेन्टाइन निर्माण तथा अत्यावश्यक सामाग्रीको व्यवस्थापनका लागि उपमहानगरपालिकालाई ५ लाख, नगरपालिकालाई ४ लाख र गाउँपालिकालाई ३ लाख रुपैयाँका दरले दिने समेत उनले जानकारी दिए ।