३ कार्तिक २०८३, मंगलबार

क्याम्पसको अक्षयकोष खोल्न कञ्चनपुरमा साँस्कृतिक महोत्सव शुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahotsab-bank

– पहिलाद राना
महेन्द्रनगर, २५ फागुन । क्याम्पसको अक्षयकोष खोल्न कञ्चनपुरको उदय सरस्वती क्याम्पसले आयोजना गरेको सांस्कृतिक महोत्सव सोमबारबाट सुरु भएको छ । सोमबारदेखि कञ्चनपुरको कृष्णपुरमा साँस्कृतिक महोत्सव शुरु भएको छ । उदय बहुुमुखी क्याम्पसको अक्षयकोष स्थापनार्थ कृष्णपुरको बंकमा साँस्कृतिक महोत्सव २०७१ शुरु भएको हो ।

उदय बहुमुखी क्याम्पस र न्यू साधना फिल्म सिटीको आयोजनामा महोत्सव आयोजना गरिएको हो । उद्घाटनमा सुदूरपश्चिमको लोक संस्कृति झल्किने खालका देउडा, नृत्य, हुडकेली नृत्य, राना–थारु समुदायको झाँकी प्रर्दशन गरिएको छ ।

महोत्सवको उद्घाटन कृष्णपुरका समाजसेवी तथा शिक्षाप्रेमी पुरन खड्काले गर्नुभयो । उद्घाटन गर्दै समाजसेवी तथा शिक्षाप्रेमी खडकाले महोत्सवले ग्रामिण क्षेत्रको शैक्षिक विकासका लागि टेवा पुग्ने बताउनुभयो । उहाँले ग्रामिण क्षेत्रको उच्च शिक्षाको विकासका लागि राज्यले केही नगरेको गुनासो गर्नुभयो ।

उच्च शिक्षाको विकासका लागि सरकारले ध्यान नदिका कारण आफुहरुले बाध्य भएर महोत्सव आयोजना गरिएको खडकाको भनाई छ । महोत्सव मुल आयोजक समितिका संयोजक गोबिन्द कलौनीले कृष्णपुरको शैक्षिक विकासका लागि महोत्सवले फाईदा गर्न बताउनुभयो । स्थानियहरुको पहलमा यस क्षेत्रको शैक्षिक विकासमा फड्को मार्न लागेको उहाँको भनाई छ ।

महोत्सव मुल आयोजक समितिका प्रचारप्रसार संयोजक अर्जुन साउँदले महोत्सवको भव्य उद्घाटन भएको बताउनुभयो । उहाँले यस क्षेत्रका युवाहरुको सक्रिय सहभागिताले पनि महोत्सव सफल हुने विश्वास गर्नुभयो । उद्घाटन समारोहमा बोेल्ने अधिकांश वक्ताहरुले राज्यले अझै पनि ग्रामिण क्षेत्रका शैक्षिक संस्थाहरुको विकासका लागि पहल नगरेको गुनासो गरेका छन् ।

राज्यको उपेक्षित व्यवहारका कारण गाँउको शैक्षिक विकास हुन नसकेकोे वक्ताहरुको भनाई छ । वक्ताहरुले जबसम्म शैक्षिक विकास हुँदैन, तबसम्म दक्षजनशक्ति उत्पादन हुन नसक्ने बताएका छन् ।

उद्घाटन कार्यक्रममा यहाँका राजनीतिक दल, प्रशासन, विभिन्न सरकारी तथा गैर सरकारी निकाय, नागरिक समाज, संचारकर्मी लगायतको सहभागिता रहेको थियो । उद्घाटनका दिन राष्ट्रिय कलाकार शिवहरी पौडेल, रातामकै लगायतका स्थानिय कलाकारहरुको साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका छन् ।

उदय बहुमुखी क्याम्पसमा अक्षयकोष स्थापना गरि यस क्षेत्रका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरी उच्च शिक्षा आर्जन गर्नमा टेवा पुर्‍याउने उदेश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।

महोत्सव सफल पार्नका लागि राजमार्ग गुलरिया–वाणि राजमार्गमा स्वागत गेट बनाईएका छन् । साँस्कृतिक महोत्सवमा कृषि उत्पादन समाग्री, व्यवसायी समाग्री, अनौठा एव अकल्पनीय जिव र बस्तुको प्रर्दशनी, स्थानिय हस्तकलाको प्रर्दशनी गरिने गरिएका छन् । महोत्सवमा विश्वकै सबैभन्दा ठृुलो अष्ट्रिज चरा र पहवान मोहमद अलिखानको चमत्कारी समेत प्रर्दशनमा राखिएको छ ।

बालबालिकाहरुको मनोरन्जनका लागि मनोरन्जनका लागि बाल उद्यानको व्यवस्था गरिएको छ । महोत्सवबाट यस क्षेत्रको शैक्षिक विकास आयोजकको अपेक्षा छ । महोत्सवको प्रचार प्रसार समेत व्ययापक गरिएको प्रचारप्रसार संयोजक साउँदको दावी छ । ‘महोत्सव हेर्नका लागि ग्रामिण क्षेत्रका नागरिक अब आफ्नो गाँउमै हेर्न पाउँदैछन्, त्यो खुशीको कुरा हो’ उहाँले भन्नुभयो ।

राष्ट्रिय ख्यातीप्राप्त कलाकार शिवहरी पौडेल, राजेशपायल राय, प्रमोद खरेल, निखिल उप्रेती, रेजिना उप्रेती, दिलीप रायमाझी, तिकल मल्ल, अर्जुन कौशल, टिका पुन, कला पंगेनी, सरिता कार्की, थारु नायिक अनु चौधरी, देउडा गायक नरेन्द्र राज रेग्मी, महेश औजी, तिर्ज राज जोशी लगायतका स्थानिय तथा राष्ट्रिय कलाकारहरुले साँस्कृतिक कार्यक्र्म प्रस्तुत गर्नेछन् ।

पहिलो पटक हुन लागेको साँस्कृतिक महोत्सव अवलोकनका लागि विद्यार्थी सहुलियत रु २० र साधारण तर्फ रु ४० को दर निर्धारण गरेको छ । सात दिनसम्म सञ्चालन हुने मेलामा एक लाख बढि दर्शकहले मेला अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ ।

महोत्सव चैत्र २ गते सम्म संचालन हुने छ । महोत्सवको उद्घाटनका दिन दर्शकहरुको उल्लेख्य उपस्थिती रहेको छ ।