२ कार्तिक २०८३, सोमबार

नेपालमा हालसम्म १५ सय २९ जनाको कोरोना परीक्षण, १ सय १३ जना आइसोलेसनमा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ चैत । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा अहिलेसम्म १५ सय २९ जनाको कोरोना भाइरसको परीक्षण भएको छ ।

बुटवलमा कोरोनाका संक्रमण परीक्षण अझै सुरु नभएको भने चितवनमा आजदेखि सुरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै उपत्यका बाहिर ७ ठाउँमा कोरोना भाइरसको परीक्षण सुरु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटले जानकारी दिएका छन् ।

नियमित पत्रकार सम्मलेनमार्फत उनले आज नेपालभर १ सय १३ जना आइसोलेसनमा रहेका जनाएका छन् । उपत्यकाभित्र १२ जना आइसोलेसनमा छन् ।

संक्रमित व्यक्तिहरुको कन्ट्क्याट ट्रेसिंग भइरहेको प्रवक्ता देवकोटाले जनाए । त्यस्तै, वेवसाइटमा इन्ट्री गर्नेको आजको संख्या १८ सय १२ जसमा २४ जना रड जोनमा रहेको उनले बताए ।

आजसम्म कूल ८ हजार ९७ ले वेवसाइतमा इन्ट्री गरेको देवकोटाले बताए । त्यसरी वेवसाइटमा आफ्नो सत्य तथ्य सूचनामात्रै भरिदिन उनले आग्रह गरेका छन् ।

त्यस्तै खरीपाटीको क्वारेन्टाइनमा ९४ जनाको परीक्षण नेगेटिभ देखिएको प्रवक्ता देवकाेटाले जनाएका छन् ।