२ कार्तिक २०८३, सोमबार

लकडाउन बढाउनेबारे छलफलका लागि उच्चस्तरीय समितिको बैठक बस्दै

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ चैत । लकडाउन अवधि थप्ने विषयमा छलफल गर्न कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक अहिले साँझ ५ बजे बस्ने भएको छ ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बस्ने भएको छ । बैठकमा लकडाउनको प्रभावबारे छलफल हुने बताइएको छ ।

नेपालमा थप ३ जना कोरोना संक्रमित भएपछि लकडाउन लम्ब्याउन सकिने जनाइएको छ ।

सरकारले कोरोना संक्रमणको फौलावटको जोखिमलाई ध्यानमा राखेर यही चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो ।

त्यस्तै, पहिलो चरणमा चैत १८ गतेसम्म गरिएको लकडाउन पुनः चैत २५ गतेसम्मलाई अवधि बढाइएका थियो । आजको बैठकमा लकडाउनको अवधि करिब ७ देखि १० दिनसम्म बढाउनेबारे छलफल हुने जनाइएको छ ।