२ कार्तिक २०८३, सोमबार

लकडाउन झन कडा, एकबाट अर्काे स्थानीय तह जान नपाइने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ चैत । कोरोना भाइरस संक्रमण बढ्दै गएसँगै सरकारले लकडाउन झन कडा बनाउने भएको छ ।

शनिबार बसेको मन्त्रिपरिषद बैठकले एक स्थानीय तहबाट अर्काे, एक जिल्लाबाट अर्काे जिल्ला र एक प्रदेशबाट अर्काे प्रदेश अत्यावश्यक कामबाहेक जान नपाइने निर्णय गरेको हो ।

शनिबार नै २ जना भारतबाट आएका र एक जना नेपालमै रहेकी महिलासहित थप ३ जनामा कोरोना संक्रमण देखिएसँगै सरकारले समुदाय स्तरमा भाइरस फैलने भन्दै यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवंम अर्थमन्त्री डा. युवराज खतिवडाले जनाएका छन् ।

यसको कार्यान्वयनका लागि प्रदेश, जिल्ला तथा स्थानीय तहलाई सरकारले निर्देशन गरेको छ । शनिबारको क्याविनेट बैठकमा लकडाउन बढाउने सम्बन्धी कुनै निर्णय भने गरिएको छैन ।