२ कार्तिक २०८३, सोमबार

नेपालमा हालसम्म करिब साढे १४ सयको कोरोना परीक्षण, जम्मा ९ जना संक्रमित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ चैत । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा हालसम्म १ हजार ४ सय ४१ वटा कोरोना भाइरसको परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उपत्यका बाहिर ६ वटा स्थानहरुमा परीक्षण गरिएको छ ।

धरान, जनकपुर, हेटौँडा, पोखरा, धनगढी र सुर्खेतमा कोरोनाको परीक्षण सुरु गरिसकिएको र चितवन र बुटवलमा आवश्यक सामाग्री जडान सकिएको र भोलिबाट परीक्षण गरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाएका छन् ।

नियमित पत्रकार सम्मलेनमार्फत उनले आज काठमाडौँ उपत्यकामा १५ जनासहित देशभरी जम्मा ६९ जना आइसोलेसनमा व्यक्तिहरु रहेको जनाए । फोनमार्फत ३ हजार ४ सय ६५ वटा केसहरु सम्बोधन गरिएको छ ।

त्यस्तै, वेवसाइट र मोबाइल एप्समार्फत सेल्फ ईभ्यालुसनका लागि ६ हजार ५ सय २७ मध्येले लक्षणहरु जानकारी गराएकोमा १ सय २६ जना रेड जोनमा परेको प्रवक्ता देवकोटाले जनाएका छन् ।

उनले स्वास्थ्यकर्मीहरुलाई पीपीईको समुचित प्रयोग गर्न र प्रचारबाजी नगर्न अनुरोध गरेका छन् ।

प्रवक्ता देवकोटाले आजै राष्ट्रिय जन स्वास्थ्य प्रयोगशालाको परीक्षणमा दुईजना भारतबाट आएका र नेपालमै रहेकी एकजना महिलामा कोरोना संक्रमण देखिएको पुष्टि गरे । उनले समुदायमा संक्रमण फैलिन सुरु भएको भन्दै उच्च सतर्कता अपनाउन आग्रह पनि गरेका छन् ।