१ कार्तिक २०८३, आइतबार

रुपन्देहीको बेलहिया नजिकै सीमावर्ती क्षेत्रमा ६ जना भारतीय कोरोना संक्रमित

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ चैत । रुपन्देहीको बेलहियादेखि २५ किलोमिटरको दूरीमा रहेको भारतको सीमावर्ती जिल्ला महाराजगंजमा ६ जना कोरोना संक्रमित भेटिएका छन् ।

बेलहिया र मर्चवारबाट नजिकै भारतको कोल्हुई र पुरन्दपुर क्षेत्रको चार गाउँमा ६ जना संक्रमित फेला परेका हुन् । सीमावर्ती क्षेत्रमा संक्रमित फेला परेसँगै जोखिम बढेको छ ।

कोल्हुई र पुरन्दपुर क्षेत्रमा शंकास्पद १७ जनाको परिक्षण गरिएको मध्ये ६ जनाको रिपोर्ट पोजिटिभ आएको महाराजगंज जिल्लाले जनाएको छ ।

त्यहाँ थप संक्रमण हुन नदिन सर्वसाधरणलाई हिँडडुल गर्न रोक लगाइएको तथा आवश्यक सबै सतर्कता अपनाइएको जनाइएको छ ।

त्यस क्षेत्रमा संक्रमण पाइएपछि नेपालका सीमावर्ती क्षेत्रमा त्रास पैदा भएको छ । खुल्ला सीमानाका कारण मानिसको आवतजावत हुन सक्ने र संक्रमण फैलिन सक्ने जनाइएको ।