
काठमाडौं, २२ चैत । शिक्षा मन्त्रालयले लकडाउनपछि नयाँ एसईई तालिका आउने बताएको छ । मन्त्रालयले लकडाउनपछि नयाँ तालिका आउने र ढुक्क भएर तयारी गर्न विद्यार्थीमा आग्रह गरेको छ ।
लकडाउन पूर्णरूपले खुलेको कम्तीमा २ हप्ताको अवधिमा नयाँ परीक्षा तालिका आउने राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ । घरमै बसेर परीक्षाको तयारी गर्दा रेडियो, टेलिभिजन तथा अनलाइन माध्यममा परीक्षाको तयारीका लागि आवश्यक पाठ्यसामग्री उपलब्ध रहेको शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले बताए ।
सम्भव हुनेले उपलब्ध भएका ती पाठ्यसामग्री हेर्न र सुन्न तथा सम्भव नहुनेले फोनमा शिक्षक तथा साथीहरुलाई सोधेर तयारी गर्न उनको सुझाव छ ।
एउटा परीक्षा केन्द्रमा तीन सयसम्म विद्यार्थी हुने भएकाले समूहमा निस्कन तथा भेला हुन मिल्ने वातावरण बनेपछि मात्रै परीक्षाको नयाँ तालिका आउने र सार्वजनिक माध्यमबाट जानकारी गराउने शिक्षा मन्त्रालयले जनाएको छ ।











प्रतिक्रिया