मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

कोरोनाको संक्रमण फैलिएको देशको संख्या २ सय ५ पुग्याे

दैनिक नेपाल २०७६ चैत २२ गते ७:१८

काठमाडाैं, २२ चैत । कोरोनाको संक्रमण फैलिएको देशको संख्या २ सय ५ पुगेको छ ।

फोकल्याण्ड टापुमा एक जनामा कोरोना पुष्टि भएपछि कोरोना संक्रमण फैलिएको देशको संख्या २ सय ५ पुगेको हो । यस्तै दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा पनि कोरोनाको संक्रमण फैलिँदा संक्रमितको संख्या १० लाख ९६ हजार ८ सय ८२ पुगेको छ ।

अहिलेसम्म १० लाख ९६ हजार ८ सय ८२ जनामा संक्रमण पुष्टि भएकोमा २ लाख २८ हजार ३ सय ७० जना उपचारपछि निको भएका छन् । ८ लाख ९ हजार ३ सय ७८ जनाको उपचार चलिरहेको छ । ५९ हजार १ सय ३४ जनाको ज्यान गएको छ ।

गएको २४ घण्टामा अमेरिकामा मात्रै १३ सय १४ जनाको ज्यान गएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ हजार नाघेको छ । यस्तै इटलीमा सबैभन्दा धेरै साढे १४ हजारभन्दा धेरै, स्पेनमा ११ हजारभन्दा धेरै, फ्रान्समा साढे ६ हजार भन्दा धेरै, इरानमा ३ हजार भन्दा धेरैको ज्यान गएको छ ।

गएको २४ घण्टामा विभिन्न देशमा गरि ५ हजार ९ सय ६६ जनाको ज्यान गएको छ भने ८१ हजार ८ सय १७ जना नयाँ विरामी थपिएका छन् ।

यसैबीच भारत मध्य प्रदेशको टाटपट्टी बाखलमा कोरोना संक्रमितको उपचारका लागि पुगेको चिकित्सकको टोलीमाथि आक्रमण भएको छ । कोरोना संक्रमितको संखया बढ्दै गएपछि उपचारको लागि पुगेको डाक्टरको टोलीलाई स्थानीयले ढुंगामुडा गरेका भारतीय संचारमाध्यमले जनाएका छन् ।

भारतमा कोरोना संक्रमणका कारण ७२ जनाको ज्यान गएको छ भने २ हजार ५ सय ६७ जनामा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया
सम्बन्धित