३ कार्तिक २०८३, मंगलबार

जिल्ला परिषद्बाट सुआहारा जिल्ला संयोजक मिश्र सम्मानित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mmsira (1) रसुवा, २५ फागुन । जिल्ला विकास समिति रसुवाको २३ औ जिल्ला परिषदबाट जिल्लामा स्वास्थ्य, पोषण र सरसफाई अभियानमा सहजीकरण गरी उल्लेख्य योगदान गरेको भन्दै सुआहारा कार्यक्रम जिल्ला संयोजक मनोज मिश्रलाई सम्मानित गरिएको छ ।

Mmsira (2)कार्यक्रममा सरकारको योजना आयोग अन्तर्गत बहु क्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत जिल्लामा स्वास्थ्य, पोषण र सरसफाई कार्यक्रममा सहजीकरण गर्न १८ वटै गाविसमा कार्यक्रमले जनचेतना जगाउने कार्यक्रम गरेको सुआहारा कार्यक्रमले महत्वपुर्ण भुमिका खेलेको भन्दै कार्यक्रका प्रमुख अतिथि सभासद जनार्दन ढकाल तथा बिशेष अतिथिहरुले सभासद छोवाङतेन्जिन तामाङ, जिल्ला न्यायधिष राजु खतिवडा लगायतले सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मानित गरिएको थियो ।

Hemjournalistत्यसैगरी जिल्लामा क्रियाशील पत्रकाहरु मध्ये नेपाल पत्रकार महासंघ रसुवाका कावा अध्यक्ष तथा मानवअधिकारकर्मी हेमनाथ खतिवडा र पत्रकार सरस्वती न्यौपानेलाई पनि स्वास्थ्य अधिकार तथा सरसफाई क्षेत्रमा कलम चलाएको भन्दै जिल्ला परिषद्मा सभासद्हरु लगायत अतिथिहरुले सम्मान गरेका थिए ।

जिल्ला विकास समितिले जिल्लामा आफ्नो क्षेत्रबाट महत्वपुर्ण योगदान गरेको भन्दै दर्जन ब्यक्तिहरुलाई सम्मानित गरेको छ ।