शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

समाचार डिलेट गरेको स्वीकार्दै सिरान टेक्नोलोजी माग्यो माफी

दैनिक नेपाल २०७६ चैत २१ गते ११:३४

काठमाडाैं, २१ चैत ।  सिरान टेक्नोलोजीले काठमाडौंप्रेस अनलाइनमा प्रकाशित समाचार डिलिट गरेको स्वीकारेको छ ।

काठमाडौं प्रेस डटकममा चैत १८ गते प्रकाशित महँगो स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता शीर्षकमा छापिएको समाचार हटाएको स्वीकार गर्दै सिरान टेक्नोलोजिजले माफी मागेको होे ।

सिरान टेक्नोलोजी एफवान सफ्टको भातृ कम्पनी हो । काठमाडौं प्रेस डटकमले बुधबार सिरानले अनलाइनको सिस्टमभित्रै घुसेर आफ्नो सञ्चालकविरूद्धको समाचार हटाइदिएको भन्दै आपत्ति जनाएको थियो।

एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले ट्वीटरमार्फत सिरान टेक्नोलोजीका प्राविधिकहरुले काठमाडौंप्रेसमा प्रकाशित समाचारको लिंक डिलिट गरेको स्वीकार गरेका हुन्।

प्रतिक्रिया
सम्बन्धित