काठमाडाैं, २१ चैत । नेपाल वायुसेवा निगमका महाप्रबन्धकलाई थाहै नदिइकन अष्ट्रेलिया चार्टड विमानमा एजेन्ट नियुक्त गरिएको रहस्य बाहिरिएको छ ।
अस्ट्रेलियन दूतावासले तोकिएको एजेन्ट नियुक्तिका लागि लेखेको पत्रको आधार देखाउँदै निगमको वाणिज्य विभागले सुटुक्क एजेन्ट नियुक्त गरेको पाइएको हो ।
विशेष उडान सेवा वा अवस्थामा सेवा शुल्कसहितका प्रबन्ध पारित गर्न एउटा मार्केटिङ कमिटी स्थायी रूपमा रहिआएको र यहि कमिटीको आधारमा दररेट लगायत पूर्वस्वीकृती हुनेमा कुनै प्रक्रिया पुरा नगरेको पाइएको हो ।
अष्ट्रेलियन दूतावासले चार्टर्ड गरेको नेपाल वायुसेवाको विमानको उडान भर्ने अन्तिम घडीमा देखिएको ‘एजेन्ट’को उपस्थिती र यो विषयसँगै उब्जिएको आर्थिक अनियमतिताको यही विषयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस