काठमाडाैं, २१ चैत । मेडिकल सामग्री लिन चीन गएको नेपाल एयरलाइन्सको वाइडबडी विमान काठमाडौं आइपुगेको छ ।
विमानमा चौधरी फाउन्डेसन, नर्भिक लगायतका निजी अस्पतालका सामान रहेको बताइएको छ ।
निजी अस्पतालका सञ्चालकहरुले कोरोना भाइरस संक्रमितको उपचारका लागि आवश्यक सामग्री लिन जहाज चार्टर्ड गरेर चीन लगेका थिए ।
हिजो बिहान साढे ११ बजे काठमाडौंबाट चीनको ग्वाङझाओ प्रस्थान गरेको जहाज आज विहान फर्किएको हो ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस