काठमाडौं, २५ फागुन । गैरआवासीय नेपालीहरुद्धारा प्रवद्र्धित बेष्ट रेमिट प्रालिले ‘बेष्ट पत्रकार’ पुरस्कारको घोषणा गरेको छ ।
एक लाख रुपैयाँको उक्त पुरस्कार रेमिट्यान्सको क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई आगामी बर्ष प्रदान गरिने छ ।
‘बैकिङ प्रणालीबाट पैसा पठाउन अभिप्रेरित गर्ने प्रकारका सामाग्री प्रकाशन तथा प्रशारण गर्ने एक जना बेष्ट पत्रकारलाई पुरस्कार प्रदान गर्ने छौ’ बेष्ट रेमिटका प्रवन्ध निर्देशक श्याम तामाङले भन्नुभयो ।
अहिले वैकिङ्ग प्रणालीबाट पैसा आइरहेको छ तर केही मात्रामा अवैध बाटो अपनाउनेहरुलाई निरुसात्हित गर्न बेष्ट रेमिटले काम गरिरहेको जानकारी दिदै तामाङले रेमिट्यान्सको क्षेत्रमा कलम चलाउने संचारकर्मीलाई सम्मान गर्ने घोषणा गरिएको बताउनुभयो ।
गैरआवासीय नेपाली संघले आयोजना गरेको कार्यक्रममा उक्त घोषणा गरिएको हो । बेष्ट रेमिटले आफ्नो कार्यालयमा महिला सशक्तिकरणलाई विशेष प्राथमिकता दिने भन्दै यूएन वमनसँग गरिएको सम्झौतामा हस्ताक्षर समेत गरेको छ ।
यूएनको सो सम्झौता पत्रमा वेष्ट रेमिटका तर्फबाट प्रमुख अपरेटिङ अफिसर अनिल कर्णले हस्ताक्षर गरे ।
‘बेष्ट पत्रकार’को चयन एनआरएन, यूएन वमन, बेष्ट रेमिट र पत्रकार महासंघको संयुक्त टोलीले गर्ने वेष्ट रेमिटका प्रमुख अपरेटिङ अफिसर कर्णले बताउनुभयो ।
प्रत्येक वर्ष प्रदान गर्ने उक्त पुरस्कारले रेमिट्यान्सको क्षेत्रमा कलम चलाउनेहरुका लागि इंटा थपिएको छ ।
विश्वका विभिन्न मुलुकबाट तथा स्वदेशमा पैसा भित्र्याइरहेको बेस्ट रेमिटले २४ सय भन्दा बढी एजेण्ट, सब–एजेण्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाबाट भुक्तानी दिइरहेको छ ।















प्रतिक्रिया