२ कार्तिक २०८३, सोमबार

कोरोना नियन्त्रणमा खटिने सुरक्षाकर्मीलाई ३ सयदेखि तलबको शतप्रतिशतसम्म भत्ता

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, २० चैत । सरकारले कोरोना भाइरस (कोभिड १९)को रोकथाम तथा उपचारमा खटिने तीनै सुरक्षा निकायका कर्मचारीलाई दैनिक ३ सयदेखि तलब बराबरकै शतप्रतिशतसम्म भत्ता दिने भएको छ ।

चैत १६ गतेको मन्त्रिपरिषद बैठकले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई सरकारले भत्ता दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले सुरक्षाकर्मीलाई तीन किसिममा बाँडेर दैनिक तीनसयदेखि शतप्रतिशतसम्म भत्ता दिने निर्णय गरेको हो ।

प्यासेन्ट रिसिभिङ टिम (पिआरटी) मा रहेर पर्सनल प्रोटेक्ट इक्वीपमेन्ट (पिपिई) लगाएर खटिने सुरक्षाकर्मीलाई खाइपाई आएको तलबको शतप्रतिशतसम्म भत्ता दिने निर्णय गरेको हो ।

त्यसैगरी, पिपिई नलगाई पिआरटीमा खटिनुपर्ने सुरक्षाकर्मीलाई ५० प्रतिशत भत्ता र कोरोना रोकथामका लागि पिआरटी र पिपिई नलगाई खटिएका अन्य सुरक्षाकर्मीलाई दैनिक तीन सय भत्ता दिने निर्णय गरेको हो ।