२ कार्तिक २०८३, सोमबार

लकडाउन केही खुकुलो, उद्योग र ठूला आयोजना सशर्त सञ्चालन हुने

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० चैत । सरकारले लकडाउन केही खुकुलो बनाउने निर्णय गरेको छ । अब खाद्य र अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग प्रतिष्ठानहरु र ठूला आयोजना खोल्न तथा सञ्चालन गर्न दिइने भएको छ ।

कोरोना भाइरस (कोभिड १९) रोकथाम सम्बन्धी उच्चस्तरीय समितिको बिहीबारको बैठकले सशर्त त्यस्ता उद्योग खोल्न दिने निर्णय गरेको हो ।

बैठकले कामदारको सुरक्षाको प्रत्याभूति दिलाएर कम्पनीमै रहने व्यवस्था गरेर अत्यावश्यक वस्तु उत्पादनका उद्योगहरु खोल्न दिने निर्णय बैठकले गरेको सरकारका प्रवक्त डा. युवराज खतिवडाले बताएका छन् ।

“ढुवानीको साधनलाई अझ सहज गर्ने र नियमित रुपमा आयात भएका र दैनिक आपूर्ति हुने वस्तुहरुको लेखाजोखा राख्ने, मुलुकभित्र अति आवश्यक उद्योग सञ्चालन गर्ने निर्णय भएको छ,”  प्रवक्ता खतिवडाले भने, “अन्य उद्योगहरुले पनि भित्र कामदारलाई सुरक्षित राखेर, स्वास्थ्यका मापदण्ड पूरा गरेर सञ्चालन गर्न सक्नेछन् । तर आवागमन रोकेर भित्रै राखेर सञ्चालन गर्न दिने भन्ने निर्णय भएको छ ।”

बैठकले तामाकोशी, मेलम्चीलगायतका ठूला आयोजनामा पनि भित्रै कामदार राखेर काम सुचारु गर्न सकिने निर्णय भएको खतिवडाले बताए ।

“बाहिरका कामदार प्रवेश गर्न नदिने, भित्रकालाई सुरक्षा उपाय निकालेर काम गराउन सक्छन्,” उनले भने ।

त्यस्तै, घरायसी खेतीपातीका काम पनि परिवारका सदस्यहरुले बाहिरका मान्छे नल्याइ गर्न सकिने भएको छ ।