
काठमाडौँ, २० चैत । भारतीय सीमा नाकामा अलपत्र परेका नेपालीहरुलाई १४ दिन भारतमै क्वारेन्टाइनमा बसेपछि मात्र नेपाल आउन दिइने भएको छ ।
नेपाल र भारतबीच सीमा नाका नखोल्ने बरु क्वारेन्टाइन बनाएर राख्ने सहमति भएअनुसार क्वारेन्टाइनमा बसेपछि प्रवेश दिइने भएको हो ।
कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले तत्कालका लागि आवत–जावत खुला नगर्ने निर्णय गरेको हो ।
भारतीय सीमामा अलपत्र परेका नेपालीलाई १४ दिन भारतकै क्वारेन्टाइनमा बसेपछि आउन आग्रह गरिएको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
धार्चुला, रुपैडिहा लगायतका क्षेत्रमा ठूलो संख्यामा नेपालीहरु अलपत्र परेका छन् भने भारतीय नागरिकहरु पनि घर फर्किन भन्दै वीरगञ्जमा पुगेका छन् ।















प्रतिक्रिया