२९ आश्विन २०८३, बिहिबार

अल कायदाको आक्रमणमा पाँच सैनिकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Isi-ladaku

यमन, २५ फागुन । यमनको दक्षिणी प्रान्त अबियानमा सोमबार संदिग्ध अल कायदा बन्दुकधारीको आक्रमणमा सैनिक उच्च अधिकारीसहित पाँच सैनिकको मृत्यु भएको छ ।

यस आक्रमणको क्रममा दर्जनौँ सैनिक घाइते भएका सरकारी अधिकारीहरुले जनाएका छन् ।

अबियान प्रान्तको महफाद सहरमा रहेको सैनिक प्रमुख कार्यालयमा सशस्त्र अल कायदा सदस्यहरुले आक्रमण गरेको नाम नबताउने सर्तमा एक सरकारी अधिकारीले बताएका छन् ।

सो आक्रमणमा परी पाँच सैनिकको मृत्यु हुनुका साथै अन्य दर्जनौँ घाइते भएका सो स्रोतले जनाएको छ ।

यद्यपि सैनिकको अर्को स्रोतले संदिग्ध अल कायदा आतङ्ककारीहरुले सोही क्षेत्रमा रहेको अन्य सैनिक कार्यालयमा पनि आक्रमण गरेका छन् ।

सोमबार बिहान सबेरै महफादमा रहेको कयौं सैनिक चौकीमा आक्रमण गरेको पनि सो सैनिक स्रोतले जानकारी दिएको छ ।

स्थानीय बासिन्दाका अनुसार अल कायदा आतङ्ककारी सो सहरलाई नियन्त्रणमा लिने कोसिसमा रहेको जनाएका छन् ।

अरेबियन प्रायद्विपमा सन् २००९ को जनवरीबाट उठेका अल कायदा आबद्ध अन्सार अल सारिया समूहले यमनका सरकारी अधिकारी र सैनिकमाथिको आक्रमणको जिम्मा लिँदै आएका छन् । रासस/सिन्ह्वा