२ कार्तिक २०८३, सोमबार

थप २० टन स्वास्थ्य सामाग्री ल्याउन निगमको जहाज ग्वान्जाओमा

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० चैत । नेपाल एयरलाइन्सको जहाज चीनको ग्वान्जाओका लागि उडेको छ । पुनः २० टन स्वास्थ्य सामाग्री ल्याउन जहाज त्यसतर्फ प्रस्थान गरेको हो ।

त्रिभुवन विमानस्थलका अनुसार जहाज केहीबेर अघि ग्वान्जाओमा ल्याण्ड भएको छ । जहाज आजै राती ११ बजेतिर मेडिकल सामाग्री लिएर आउने बताइएको छ ।

काठमाडौंस्थित फ्ल्यास फ्रेट लजिस्टिकले सामान ल्याउन यो जहाज बुकिङ गरेको हो । जहाजले मेडिकल किट, पिपिई, मास्क, पञ्जा, थर्मोमिटर र भेन्टिलेटरहरू ल्याउने बताइएको छ ।

चैत १६ गते ओम्नी इन्टरनेसनलले नेपाल सरकारले खरिद गर्ने भनिएको १० टन सामग्री पहिलो लटमा ल्याएको थियो ।

सरकारले वुधबार ओम्नीले थप सामाग्री ल्याउन नसकेको भन्दै उसँगको सम्झौता रद्द गरेको थियो ।