२९ आश्विन २०८३, बिहिबार

श्रीलङ्काली पूर्व रक्षा सचिवलाई देश छोड्न प्रतिबन्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलम्बो, २५ फागुन । श्रीलङ्काली पूर्व रक्षा सचिवलाई त्यहाँको अदालतले देश छोड्न प्रतिबन्ध लगाएको छ । सो समाचार श्रीलङ्काली सञ्चारमाध्यमहरुले सोमबार दिएका छन् ।

उहाँ श्रीलङ्काका पूर्व राष्ट्रपति महिन्दा राजपाक्छेको सरकारका समयमा उहाँ रक्षा सचिव हुनुहुन्थ्यो । उहाँ पूर्व राष्ट्रपति राजपाक्छेका भाइ हुनुहुन्छ ।

साथै अदालतले श्रीलङ्काली जलसैन्य कमाण्डर सोमाथिलाक देशानायकेका बारेमा पनि आदेश दिएको छ । सो अदालतले उक्त आदेशमा उहाँलाई देश छोड्न नपाइने बताएको छ ।

उहाँहरुका विषयमा मुद्दा परेको र अनुसन्धान जारी रहेको भन्दै उहाँहरुलाई विदेश जानबाट प्रतिबन्ध लगाएको समाचारमा जनाइएको छ ।

उनीहरु दुवै जनाको सम्बन्ध श्रीलङ्काको एक हतियार उत्पादन र भण्डारण केन्द्रसँग रहेको आशङ्का गरिएको छ । ती केन्द्रलाई हतियारमा अनियमितता गरेको आरोपमा अनुसन्धान थालिएको छ ।

ती हतियार केन्द्रहरुले श्रीलङ्काली सामुद्रिक सुरक्षाका लागि हतियार उपलब्ध गराउने काम गर्दै आएका थिए । सोमाली सामुद्रिक जासुसका विरुद्धमा ती हतियार उपलब्ध गराउने गरिएको बताइएको छ । रासस/सिन्ह्वा