
बेइजिङ, २० चैत । चीनमा कोरोना भाइरसको संक्रमणको प्रकोप पुनः बढ्न सक्नै भन्दै फेरि लकडाउन घोषणा गरिएको छ ।
चिनीयाँ सञ्चारमाध्यमका अनुसार चीनको मध्यक्षेत्रको हेनान प्रान्तमा पूर्ण लकडाउनको घोषणा गरिएको हो ।
उक्त प्रान्तको जिया क्षेत्रमा कर्फ्युजस्तै गरी लकडाउन घोषणा गरिएको तथा मानिसलाई घरबाहिर निस्किन पूर्ण प्रतिबन्ध लगाइएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ । उक्त क्षेत्रमा मानिसहरुले हिँडडुल गर्न विशेष अनुमति लिनुपर्नेछ ।
चीनले दुई महिनाभन्दा बढी समयको निरन्तरको लकडाउनबाट कोरोना संक्रमणलाई नियन्त्रणमा लिएको थियो । वुधबार चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार ३६ नयाँ संक्रमित फेला परेसँगै त्यहाँ फेरि संक्रमणको त्रास बढेको छ ।
दुईमहिनाको अनवरत प्रयासपछि चीनमा जनजीवन सामान्य बन्दै गएको थियो । संक्रमण फेरि बढ्न थालेपछि लकडाउन गर्न थालिएको छ ।
चीनमा हालसम्म कोरोना संक्रमणबाट करिब ८२ हजार संक्रमित भएका थिए भने ३३ सय बढीको मृत्यु भएको छ ।















प्रतिक्रिया