१ कार्तिक २०८३, आइतबार

कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा बेलायतमा ५ सय ६३ को मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २० चैत । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वमा अहिलेसम्म मृत्यु हुनेको संख्या ४७ हजार नाघेको छ । भाइरसको उद्गमस्थल मानिएको चीनमा कम हुँदै गइरहेको अवस्थामा अन्य मुलुकहरुमा यो भाइरस तिव्र गतिमा फैलिरहेको छ ।

विश्वभर नौ लाख ३५ हजार भन्दा बढी संक्रमित भएका छन् भने करिव दुई लाख मानिस निको भएका छन् । इटालीमा १३ हजार भन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या एक लाख दश हजार भन्दा बढी रहेको छ ।

यस्तै बेलायतमा कोरोना भाइरसका कारण २४ घण्टामा ५६३ जनाको मृत्यु भएको छ । बेलायतको स्वास्थ्य सेवाका अनुसार उपचारका क्रममा अस्पतालमा मृत्यु भएकाहरुको संख्या २ हजार ३ सय ५२ पुगेको छ ।

त्यसैगरी स्पेनमा नौ हजार तीन सय भन्दा बढीको मृत्यु भएको छ । संयुक्त राज्य अमेरिकामा चार हजार सात सय भन्दा बढीको मृत्यु भएको छ भने संक्रमतिहरुको संख्या उच्च रुपमा वृद्धि भइरहेको बताइएको छ । अमेरिकामा दुई लाख १४ हजार जना संक्रमित भएको बताइएको छ ।