२ कार्तिक २०८३, सोमबार

र्‍यापिड टेस्ट कीटबारे प्रश्न उठेपछि मन्त्रालयले यसाे भन्याे

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १९ चैत । अनियमितताको आरोपमा स्वास्थ्यमन्त्रीविरुद्ध अख्तियारमा उजुरी परेपछि मन्त्रालयले आफ्नो बचाउ गरेको छ ।

उजुरीमा र्‍यापिड टेस्ट कीटको गुणस्तरको सन्दर्भमा प्रश्न उठेपछि स्वास्थ्य मन्त्रालयले वुधबार विज्ञप्ति जारी गर्दै चीनबाट खरिद गरिएको कीटको गुणस्तर चेकजाँच गरेर मात्रै प्रयोग गरिने बताएको छ ।

मन्त्रालयका विज्ञ सल्लाहकार डा.खेमबहादुर कार्कीले कीटको गुणस्तर जाँच्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई अनुरोध गरिसकिएको भन्दै परिषद्ले प्रयोग गर्न योग्य भनि सिफारिस गरेपछि र सम्बन्धित निकायबाट प्रमाणि भएपछि मात्रै प्रयोगका लागि वितरण हुने बताए ।

उनले मंगलबारको नियमित पत्रकार सम्मेलनमा र्‍यापिड टेस्ट कीटबारे सार्वजनिक गरिएको धारणालाई मन्त्रालयले खरिद गरेको ¥यापिङ टेस्ट कीटसँग जोडेर भ्रमपूर्ण समाचार आएको पनि दावी गरे ।

‘सरकारले ल्याएको र्‍यापिड टेस्टिङको गुणस्तर निर्क्याैल भएपछि मात्रै प्रयोग हुन्छ । अनाधिकृत स्रोतबाट बजारमा वितरण तथा प्रयोग भइरहेको जनगुनासो आउनेबित्तिकै यस्तो नगर्न आग्रह गरिएको हो’, कार्कीको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सरकारले ल्याएको र्‍यापिड कीट चीन सरकारले प्रमाणित गरेको गुणस्तरीय कीट भएको पनि दावी विज्ञप्तिमा गरिएको छ ।

एकैपटक धेरैमा संक्रमण फैलिहाले र्‍यापिड कीटको प्रयोग गर्ने र पुष्टि गर्न पीसीआर प्रयोग गरिने पूर्वतयारी गरिएको मन्त्रालयले जनाएको छ । अहिले युरोप अमेरिकाले पनि यही विधिमार्फत नै परीक्षण गरिरहेका छन् ।

विज्ञप्तिमा अहिले बजारमा अवैध ढंगर्ले यापिड कीट भित्र्याइ जनमानसलाई भ्रममा पारी परीक्षण गर्न सुरु भइसकेको गुनासोको आधारमा मात्रै सरकारले यसलाई नियन्त्रण गर्न अनुमति नदिइ कीटको प्रयोग नगर्न निर्देशन दिइएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।